सितापुर गा.वि.स.

सितापुर गा.वि.स. अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट २७ कि.मि. दक्षिणमा महाभारत पर्बत शृंखला देखि चुरेसम्म फैलिएको छ । यस गा.वि.स. को पूर्वमा सुवर्णखाल र धातिवांग गा.वि.स., पश्चिममा ठाडा गा.वि.स., उत्तरमा सन्धिखर्क न.पा. र दक्षिणमा सिमलपानी गा.वि.स. रहेको छ। यस गा.वि.स. को बीच भागबाट गोरुशिंगे-सन्धिखर्क मो.बा. रहेको छ।

पौराणिक कालमा सीताले नुहाउने खोला सिताखोला भएको र सोहिबाट अपभ्रंश हुदै सितखोला भएको हो। सोहि सितखोलको किनारको बस्तिको नाम सीतापुर र पछि सोहि बस्तीको नामबाट सितापुर गा.वि.स. नामाकरण भएको भनाइ छ।

Skip to toolbar